संसदीय विषयगत समिति गठन, कुन समितिमा को ?

0
55

काठमाडौं । प्रमुख दलहरुबीच भागभण्डामा सहमति जुटेसंगै संसदीय विषयगत समितिले पूर्णता पाएको छ ।

आज बसेको प्रतिनिधसभाको बैठकबाट सभामुख देवराज घिमिरेले सदनसमक्ष राखेको प्रस्ताव सर्वसम्मत रुपमा अनुमोदन भएसंगै पाँच महिनापछि संसदीय विषयगत समिति गठन भएको हो ।

गत ४ मंसिरमा सम्पन्न चुनावपछिको प्रतिनिधिसभाको अधिवेशन पुस २५ गतेबाट शुरु भएको थियो । आज राति १२ बजेदेखि लागू हुने गरी हिउँदे अधिवेशन अन्त्य भएको छ ।

यसबीचमा प्रतिनिधिसभा नियमावली २०७९ पारित गरेको छ । पारित नियमावली अनुसार संसदीय विषगत समिति गठन भएको हो ।

प्रतिनिधिसभामा १० वटा विषयगत समिति र राष्ट्रिय सभाको समेत गरी दुई वटा विषयगत समिति रहेका छन् । विषयगत समितिमा रहने सदस्यहरुको नाम पढेर सभामुखले सदनसमक्ष राखेको प्रस्ताव सर्वसम्मत रुपमा अनुमोदन भएको छ ।

यी समितिहरूले अब नियमावली अनुसार पहिलो बैठक बसेको पन्ध्र दिनभित्र समिति सभापति चयन गर्नेछन् । त्यतिबेलासम्म समितिको नेतृत्व जेष्ठ सदस्यले गर्नेछन् ।

संसदीय समितिमा रहेका सांसदः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here