पदम लिम्बुलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

0
46

काठमाडौं । सरकारले कोशी प्रदेश नामकरणको विरोधका क्रममा मृत्यु भएका पदम लिम्बु (लाजिहाङ) लाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषदेको बैठकले लिम्बुलाई सहिद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय भएको संकृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले जानकारी दिए ।

पहिचानको आधारमा नामकरणको माग गर्दै चैत ५ गते विराटनगरमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको चैत १० मा मृत्यु भएको थियो । आन्दोलनकै क्रममा प्रहरीको कुटाईबाट घाइते भएका लिम्बुको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपचारको क्रममा निधन भएको थियो ।

धरान उपमहानगरपालिका–१५ बस्दै आएका उनी लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सहकमाण्डर हुन् । पहिचानवादी दल र संस्थाहरुले गठन गरेको प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले लिम्बुलाई शहीद घोषणा गर्न माग गरेको थियो । सरकारले घटनाको छानबिन गर्न समिति गठन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here