यस्तो छ सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम (पूर्णपाठ)

0
56

काठमाडौँ । सत्तारुढ गठबन्धनले आज सरकारको प्राथमिकता र साझा न्युनतम कार्यक्रम सार्वजनिक गरेको छ । सरकारकी प्रवक्ता एव्म सञ्चार तथा सुचना मन्त्री रेखा शर्माले सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

गठबन्धन सरकारले सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा संविधानको रक्षा र आवश्यकता अनुसार परिमार्जन गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संघीयता कार्यान्वयन, राष्ट्रिय अर्थतन्त्र सुधार लगायतलाई प्राथमिकता दिइएको छ ।

भ्रष्टाचारको छानबिन गर्ने, शान्तिप्रक्रियालाई पूर्णता दिन यसअघि भएका सहमतिको कार्यान्वयन गर्ने, नागरिकताको समस्या समाधान गर्ने लगायत समावेश छ ।

साझा न्युनतम कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेका छन् ।

यस्तै, हस्ताक्षर गर्नेहरूमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र आम जनता पार्टीका अध्यक्ष प्रभु साह छन् ।

हेर्नुहोस् पूर्णपाठ:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here